नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ


१६ जेष्ठ २०७५, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। यस्तै नकपाले प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले उनीहरुलाई चयन गरेको हो ।

पार्टी एकताअघि नेम्वाङ तत्कालीन एमाले संसदीय दलको उपनेता थिए भने गुरुङ पनि तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए भने चौधरी तत्कालिन एमालेको सचेतक थिइन् ।

यसैगरी, राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस