भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना


१६ जेष्ठ २०७५, बुधबार


काठमाडौं । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ ।

शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७.२ प्रतिशत, आधारभूत तह (कक्षा १ देखि ८) को ९२.३ प्रतिशत र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर ४३.९ प्रतिशत पुगेको छ ।

आव २०७३/०७४ मा कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको हिस्सा ७.२ प्रतिशत रहेकामा चालू आवमा यस क्षेत्रको हिस्सा ७.१७ प्रतिशत रहने अनुमान छ । चालू आवमा शिक्षा क्षेत्रको वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान छ ।

आव २०७४/०७५ मा सरकारीस्तरबाट ३० हजार चार सय ४८ र निजीस्तरबाट ६ हजार एक सय २० गरी कूल ३६ हजार पाँच सय ६८ र प्रारम्भिक बालविकास/पूर्व प्राथमिक शिक्षा केन्द्रमार्फत नौ लाख ५७ हजार बालबालिका लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस