मानवश्रोत विकास प्रतिभा व्यवस्थापनको सशक्त आधारशिला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मानवश्रोत विकास प्रतिभा व्यवस्थापनको सशक्त आधारशिला


डा. दामोदर रेग्मी

१६ जेष्ठ २०७५, बुधबार


मानव संसाधन व्यवस्थापनः फराकिलो क्षेत्र

मानव संसाधन राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पुजि, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्त्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रूपमा चिनिने गरेको हो । मानव श्रोत व्यवस्थापनका अंगहरुमा योजना,प्राप्ति, उपयोग, विकास,संभार, एकाकार, अवकाश र अवकाश योजना जस्ता विषयहरू समावेश भएका हुन्छन् । मानव संसाधन व्यवस्थापनको क्षेत्र निकै फराकिलो छ । सङ्गठन भित्र मानव स्रोतको प्राप्ति, तालिम तथा विकास, सङ्गठन र यस अन्तरगत सम्पादन गर्नु पर्ने कार्यको प्रारुप तयार गर्ने कुराहरू यसको कार्यक्षेत्र अन्तर्गत पर्दछन् । यसका साथै मानव स्रोत योजना, यसको विकास र उपयोग, श्रमिक सम्बन्ध र उत्प्रेरणाका विषयहरूलाई पनि यसले समेट्ने गर्छ । यी सबै पक्षको उचित परिचालन वाट हुने अन्य पक्षहरूको प्रभावकारिता बढ्ने हुनाले नै मानव साधन महत्त्वपूर्ण र आवश्यकीय संयन्त्रको रूपमा रहने गर्दछ ।

मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धि हासिल गर्न विविध साधन र श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्त्वपूर्ण श्रोत हो । मानवश्रोत लाई मानवशक्ति र श्रमशक्ति र जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति र श्रमशक्तिले अन्य साधनश्रोतहरु पुजि, प्रविधि, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्त्वपूर्ण श्रोत हो ।मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो ।

मानव संसाधन व्यवस्थापन र प्रतिभा व्यवस्थापन

मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो । प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजाको रूपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ ।साधारण अर्थमा प्रतिभा व्यवस्थापन सङ्गठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाइले सङ्गठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र सँग सम्बन्ध राख्ने विषय हो ।मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चात्का विषय सँग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र सङ्गठनमा टिकाइराख्ने विषय समेत सँग सम्बन्धित छ ।

मानवश्रोत विकास

सङ्गठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्ति सँग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृद्धि ल्याउनमा विकास (तालिम ) को अहम् भूमिका रहेको हुन्छ । मानवश्रोत विकास मानव श्रोत व्यवस्थापनका अवयवहरू मध्ये महत्त्वपूर्ण र प्रभावकारी अवयवको रूपमा चिनिने गर्दछ । सङ्गठनमा एक पटक लिइएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रूपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्त्वपूर्ण विषय हो । मानव श्रोत व्यवस्थापनमा विकास को महत्त्वपूर्ण स्थान रहेको छ ।

मानव श्रोत विकासलाई जनशक्ति विकासवा तालिम भनेर पनि चिन्ने गरिन्छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन सँगै ज्ञान, सीप , र मनोवृत्ति मा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई सङ्गठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पु¥याउंछ । तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।

तालिम र विकास

सामान्यतया तालिम र विकास लाई मानवश्रोत विकासको सन्दर्भमा एकै अर्थमा लिने गरेको पाइन्छ तर यी दुई शब्दावलीमा केही तात्विक भिन्नता पाइन्छ ।

तालिमविकास
क्षेत्रज्ञान र सीपको विकास गर्ने संयन्त्र

 

प्रवृत्ति समेतकोको विकास गर्ने संयन्त्र

 

व्यापकताकार्यान्वयन तहका कर्मचारीको सामान्य सीप अभिवृध्दि गर्ने संयन्त्र

 

 

कार्यकारीहरूको समग्र विकास गर्ने संयन्त्र

 

अवधिवर्तमान कार्यक्षमतामा वृद्धि (छोटो अवधिको) गराउँछ

 

भावी कार्यक्षमतामा वृद्धि (दीर्घ प्रभाव) गराउँछ

 

विषयकाम केन्द्रित विषयसँग सम्बन्धित

 

वृत्ति केन्द्रित विषयसँग सम्बन्धित

 

 

ग्रहण क्षमता तालीम लिनेको भूमिकामा निर्भर

 

स्व उत्प्रेरणा र आत्म विकासमा आधारित

 

मानवश्रोत विकासका विद्यमान संयन्त्रहरू

  • तालिम नीतिको व्यवस्था
    • सेवा प्रवेश तालिम
    • सेवाकालीन तालिम
    • पुनर्ताजगी तालिम
    • अन्य सामयिक विषयहरूमा तालिम
      • स्वदेशी तालिम
      • वैदेशिक तालिम
  • तालिम वृत्ति विकास को प्रमुख आधारशिला
  • अध्ययनको अवसर र अध्ययन बिदाको व्यवस्था
  • तालिम प्रदायक निकायको व्यवस्था

 

सहकारी विकास केन्द्र , स्थापना सन् १९६२–सहकारी क्षेत्रको व्यवस्थापन र प्रशासनको सम्बन्धमा तालिम उपलब्ध गराउने
हुलाक सेवा तालिम केन्द्र , स्थापना सन् १९६४–हुलाक सेवा अन्तरगत कार्यरत कर्मचारीहरूलाई सेवा सम्बन्धी र हुलाक प्रशासनको विषयमा तालिम दिने
नापी तालिम केन्द्र , स्थापना सन् १९६८–नापी सम्बन्धी प्राविधिक तथा ब्यबस्थापकीय विषयमा यस क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई तालिम दिने
स्थानीय विकास तालिम केन्द्र , स्थापना सन् १९७५–स्थानीय विकास, विकेन्द्रीकरण, स्थानीय स्थानीय योजना तर्जुमा र कार्यान्वयन लगागतका विषयमा तालिम दिने
वन विकास तालिम केन्द्र , स्थापना सन् १९८०–वन सँग सम्बन्धित विषयमा त्यहाँ कार्यरत प्राविधिक कर्मचारीहरूलाई तालिम दिने
राजश्व प्रशासन तालिम केन्द्र , स्थापना सन् १९८१–राजश्व, आर्थिक प्रशासन,आर्थिक अनियमितता रोकथाम लगायतका राजश्व र आर्थिक प्रशासनका विषयमा तालिम दिने
न्याय सेवा तालिम केन्द्र , स्थापना सन् १९८१–न्याय सेवा अन्तरगत कार्यरत कर्मचारीहरूलाई सेवा प्रवेश , सेवाकालीन तालिम, अदालत व्यवस्थापन लगायत अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई समेत कानुनी विषयका सम्बन्धमा तालिम उपलब्ध गराउने
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान , स्थापना सन् १९८१–निजामती सेवामा कार्यरत कर्मचारीहरूको लागि व्यवस्थित रूपमा तालिम सञ्चालन गर्न स्थापना भएको सबभन्दा ठुलो र व्यवस्थित यस तालिम केन्द्रले प्रशासन र व्यवस्थापनको विषयमा प्राय सबै सेवाका कर्मचारीहरूलाई तालिम उपलब्ध गराउँदै आएको छ
आर्थिक विकास तथा प्रशासन केन्द्र –यस केन्दको स्थापना त्रि वि वि अन्तरगत भएको र यसको मुख्य उद्देश्य नेपाल सरकारका अधिकृतहरू खास गरी विकास र भिन्न मन्त्रालय प्रशासनसँग सम्बन्धित भएका लाई तत्सम्बन्धी तालिम र ज्ञान उपलब्ध गराउने

जाने श्रीखण्ड नजाने खुर्पाको बिँड

सङ्गठनमा उर्जाशील, उत्पादनशील र सिर्जनशील जनशक्तिको विकासमा तालिमको महत्त्वपूर्ण भूमिका रहन्छ । जनशक्ति विकासले सङ्गठनको दैनिक कार्यलाई व्यवस्थित गर्न अपेक्षित परिणाम निकाल्न र सङ्गठनको साख अभिवृध्दि गर्न प्रखर भूमिका निर्वाह गर्न सक्दछ जसले अमूल्य निधिको रूपमा रहेको जनशक्तिको क्षमतालेयुक्त पूजाको प्रयोग सामर्थ्यमा प्रभावकारिता ल्याइदिन्छ । तालिम यस्तो व्यवस्थापकीय औजार हो जसले मानवश्रोत व्यवस्थापनका अन्य आयामहरूको प्रभाकारितामा समेत सकारात्मक प्रभाव पार्ने सामर्थ्य राखेको हुन्छ । सङ्गठनमा उपलब्ध सबै जनशक्ति सङ्गठनका पूंजी तथा अमूल्य निधि हुन । सिर्जनशील, उर्जाशील, उत्पादनशील जनशक्तिहरू सङ्घीय सुशासनका संवाहक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस