सट्टेबाजी गराउने पूर्व खेलाडीसहित ६ पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सट्टेबाजी गराउने पूर्व खेलाडीसहित ६ पक्राउ


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । फुटबल र क्रिकेटमा अनलाइन सट्टेबाजी गराएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी, दिनेश बोगटी, विजय श्रेष्ठ गौरव तिवारी र नगेन्द्र सुवाल छन् ।

केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परी धरौटीमा छुटेका थिए । एएफसीले उनलाई आजीवन फु्टबल खेल्न प्रतिबन्ध लगाइसकेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध आज काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद थप गर्ने तयारी छ ।

उनीहरूले अनलाइन जुवा खेलाउन बुकीको काम गर्दै आएका थिए । प्रहरीले उनीहरूबाट जुवा खेलाउन प्रयोग हुने सामग्री, ल्यापटप, मोबाइललगायतका सामग्री बरामद गरेको छ ।
काठमाडौं प्रहरी परिसरले भने पत्रकार सम्मेलनमार्फत् यसबारे सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस