लर्ड्समा वेस्ट इन्डिजविरुद्ध खेल्न सन्दीप आज इङ्ल्यान्ड जाँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लर्ड्समा वेस्ट इन्डिजविरुद्ध खेल्न सन्दीप आज इङ्ल्यान्ड जाँदै


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने लर्ड्समा वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि आज इग्ल्यान्ड जाँदैछन् । उनी विश्व ११ टिमबाट खेल्दैछन् । आगामी मे ३१ तारिखमा इग्ल्यान्डको लडर्समा विश्व ११ र बेस्ट इन्डिजबीच च्यारिटी खेल हुँदैछ ।

आइपिएलको डेब्यू खेलमै विकेट लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले लामिछानेलाई विश्व ११ टिममा समावेश गरेको थियो ।

इयान मोर्गन (इग्ल्यान्ड) कप्तान रहेको विश्व ११ टिममा तमिम एकबाल (बंगलादेश), लुक रोची (न्युजील्यान्ड), दिनेश कार्तिक (भारत), मिचेल म्याक्लेघन (न्युजील्यान्ड), सोएब मलिक (पाकिस्थान), मोहम्मद सामी (भारत), थिसारा परेरा (श्रीलंका), साहिद अफ्रिदी (पाकिस्थान), रासिद खान (अफगानिस्थान), सन्दीप लामिछाने (नेपाल), अडिल रासिद (इग्ल्यान्ड) छन् ।

यसअघि बंगलादेशका अलराउन्डर सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आइसिसीले सन्दीपलाई टिममा समावेश गरेको हो ।

वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स, आन्दे रसलजस्ता स्टार खेलाडी छन् ।

क्यारेबियन क्षेत्रमा गत वर्ष आएको आँधिका कारण भत्किएका रंगशालाको संरचना पुनर्निर्माणका लागि आइसिसीले च्यारिटी खेल आयोजना गर्न लागेको हो ।

आइपिएलमा दिल्ली डेयरडेभिल्सको पछिल्ला तीन खेलमा सन्दीपले १२ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा डेब्यु गरेका उनले चार ओभरमा २५ रन खर्चेर एक विकेट लिएका थिए । त्यस्तै चेन्नई सुपर किङ्सविरुद्ध एक र मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस