काठमाडौंमा बर्डफ्लुको सङ्क्रमण पछि रुपन्देही नाकामा उच्च सतर्कता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंमा बर्डफ्लुको सङ्क्रमण पछि रुपन्देही नाकामा उच्च सतर्कता


१४ जेष्ठ २०७५, सोमबार


रुपन्देही । चितवन र काठमाडौंमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिए । क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको छ ।

जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा. विनय कर्णले जोखिमको क्षेत्र पहिचान गरी निगरानी बढाइएकामा जोड दिँदै जिल्लाका संवेदनशील क्षेत्र र आवतजावत हुने क्षेत्रमा विशेष ध्यान दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस