महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा


१४ जेष्ठ २०७५, सोमबार


दाङ । दाङको शान्तिनगर गाउँपालिकामा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।

शनिबार र आइतबार गरी दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार २०२ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

बिरामीमध्ये एक जनाको नेपालगञ्ज, १४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुर र १० जनाको सिटी अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । अन्य सबै बिरामी उपचारपछि घर फर्किसकेका छन् ।

प्रभावित क्षेत्रमा अहिले नेपाली सेनाका चिकित्सक, सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी औषधिसहित उपचारमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस