काठमाडौं सहित देशभर तापक्रम वृद्धि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौं सहित देशभर तापक्रम वृद्धि


१३ जेष्ठ २०७५, आइतबार


काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम बृद्धि भएको छ ।

मनसुनको पूर्वसंघारमा मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतः नेपालमा जुन १० देखि मनसुन शुरु हुन्छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौंको अधिकतम तापक्रम ३१.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस पुगेको छ । शनिबार काठमाडौंको तापक्रम ३१ डिग्री पुगेको थियो । अघिल्लो वर्ष (सन् २०१७ जुन ५० मा काठमाडौंको तापक्रम बढीमा ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ । मनसुन शुरु हुन अझै दुई साताभन्दा बढी छ ।

सबैभन्दा बढी नेपालगञ्जको ४२.२ तापक्रम पुगेको छ । अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो । धनगढीको ४१.२, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम ताप्लेजुङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस