धनगढीको व्यस्त बजारमै गोली प्रहार, ९ लाख लुटियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धनगढीको व्यस्त बजारमै गोली प्रहार, ९ लाख लुटियो


प्रशासन विशेष ब्युरो

१३ जेष्ठ २०७५, आइतबार


गोली काण्ड

धनगढी । धनगढीको मेनरोडमा गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटिएको छ ।

आइएमईबाट रकम झिकेर बैंकमा जम्मा गर्न गइरहेका धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि धनगढी उपहानगरपालिका–१, मेनरोडमा गोली प्रहार गरी रकम लुटिएको हो ।

गोली प्रहारबाट घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस