कुकुरको टोकाइबाट नौ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कुकुरको टोकाइबाट नौ घाइते


१२ जेष्ठ २०७५, शनिबार


बाजुरा । बडीमालिका नगरपालिका–१ पिनालेखमा आज बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल, दनेश हमाल, देवीदत्त पण्डित, चन्दा देवी पण्डित, प्रशान्तराज जोशी, विनिता हमाललगायत छन् । घाइते सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घरमा पालेको बेलायती जातको कुकुरलाई स्थानीय बौलाहा कुकुरले टोकेपछि बौलाहा भएको सो कुकुरले स्थानीयलाई टोक्दै घाइते बनाउन थालेको घाइते प्रशान्तराज जोशीले बताए । रासस

प्रतिक्रिया दिनुहोस