मेरो देशको धर्ती विदेशका सेनाले छाएको छ,
उठौं देशभक्तहरू खोजौं राष्ट्रियता हराएको छ ।
दुखेको छैन कतै पनि देशको मुख्य शासकलाई,
ऊ मात्रै अभिनन्दन र भोजभतेरमै रमाएको छ ।
जसले महाभूकम्पको घाउमाथि नुन छर्केका थिए,
आज उसैले घाँटीमा रंगीचंगी माला लाएको छ ।
उसको घाँटीमा घाँटी ओठमा ओठ मिलाउनेहरू,
भन तिमीबाहेक नेपाली जनताले के पाएको छ ?
तिमीलाई सत्ताको कोसेलो त्यतिकै दिँदैन उसले,
बदलामा त सयौं गौतमहरूको ज्यान खाएको छ ।