औषधि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

औषधि


१२ जेष्ठ २०७५, शनिबार


एक पारदर्शी अवयब शरीरको ।

झुण्डिएको छ हातझैं, तर पाइन्न स्पर्श
ठडिएको छ नाकझैँ, तर सुँघिन्न गन्ध
टाँस्सिएको छ कानझैं, तर सुनिन्न आवाज
जर्रिएको छ
प्रत्येक मान्छेको जर्बुट्टामा त्यो ।

अरूको धनमा ऊ हाजिर छ
अरूको चैनमा ऊ हाजिर छ
अरूको सानमा ऊ हाजिर छ
अरूको मानमा ऊ हाजिर छ

केही देख्नै हुन्न उसलाई अरूको
उसको विगत, वर्तमान र भविष्यभन्दा उत्कृष्ट ।

हृदयघातले देह त्याग्ने देखे
घुटुक्क थुक निल्छ ऊ
र सोच्छ–
आहा ! कत्ति सुन्दर मृत्युु !
के मेरो मरण यस्तै सुन्दर हुन सक्ला ?

ब्रह्मनालमा तेस्र्याएका लासदेखि
-याल चुहाउँछ ।
ऊ ठान्छ–
अहो ! कत्ति सुन्दर चौतारो
कत्ति सुन्दर चिप्लेटी ढुंगा
कत्ति मिलेका खुड्किला !
के मेरो पनि अन्त्येष्टि यसैगरी हुन सक्ला ?

सबैले आफैसँग बोकेको
सुखी हुनबाट रोकेको
यो सिसाको ऐंजेरु फाल्ने
औषधि कहिले बन्ला हगि ?
अगति इष्याको ।

प्रतिक्रिया दिनुहोस