अछाम विमानस्थलमा परीक्षण उडान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अछाम विमानस्थलमा परीक्षण उडान


११ जेष्ठ २०७५, शुक्रबार


अछाम । अछामको साँफेबगर विमानस्थलको   परीक्षण उडान सफल भएको छ ।

समिट एयरको लेट विमानले उक्त विमानस्थल परीक्षण गरेको हो ।

०५८ फागुन ४ मा तत्कालीन नेकपा माओवादीको साँफेबगर आक्रमणपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द थियो ।

सफल परीक्षणसँगै साँफेबगर विमानस्थलमा हवाइजहाज नियमित सञ्चालनको तयारी भइरहेको मेयर कुलबहादुर कुँवरको भनाइ छ ।

०३१ सालबाट साँफेबगर एयरपोर्टमा हवाइजहाज चल्न थालेको थियो ।

२५ वर्षअघि निर्माण सुरु गरिएको अछामको कमलबजार विमानस्थलको निर्माण कार्य भने पूरा नभइ बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस