सरकारको उपस्थिति समयमै हुनुपर्छ : सभामुख महरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारको उपस्थिति समयमै हुनुपर्छ : सभामुख महरा


११ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराए ।

सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुन पनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित समयमा बैठक शुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए ।

यसैगरी उनले नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्ने सांसदले निर्धारित सयमभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षण समेत गराए । रासस

प्रतिक्रिया दिनुहोस