अख्तियारद्वारा भ्रष्टाचार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारद्वारा भ्रष्टाचार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर


१० जेष्ठ २०७५, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका–१२ छिञ्चु सुर्खेतका स्वास्थ्यचौकी इञ्चार्ज नेत्रबहादुर देवकोटा र व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कँडेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्यचौकीबाट निःशुल्क वितरण गरिने औषधि सेवाग्राहीलाई नदिई नक्कली बिल बनाएर रु ५० हजार ५८० भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले कसूरको मात्रानुसार जरिवाना र कैद सजाय माग गरेको छ ।

यस्तै आयोगले आजै बाँकेको साविक नौबस्ता–४ मा डिप बोरिङ निर्माण सम्पन्न भएकामा हालसम्म सञ्चालन नगरेको तर एक लाख ५८ हजार ७७१ भुक्तानी लिएको अभियोगमा दुई जना विरुद्धमुद्दा दायर गरेको छ । आयोगले सो कार्यमा बदमासी गरेको भन्दै नासु खिमलाल पाण्डे र सबओभरसियर नेत्रविक्रम थापाविरुद्ध कसूरअनुसारको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस