संघीयता अनुरुपका स्वस्थ्य संरचना बनाउने : स्वास्थ्य राज्यमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संघीयता अनुरुपका स्वस्थ्य संरचना बनाउने : स्वास्थ्य राज्यमन्त्री


१० जेष्ठ २०७५, बिहिबार


मालपोत

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना बनाउन क्रियाशील रहेको बताइन्।

राज्यमन्त्री अर्यालले विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई जेनेभामा सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आग्रह गरिन् ।

नेपाल हालसम्म स्वास्थ्यको क्षेत्रमा सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको राज्यमन्त्री अर्यालका स्वकीय सचिव राजेश शर्माले बताए।

मन्त्री अर्यालले भारतका स्वास्थ्यमन्त्री जगतप्रकाश नाडा र चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गरी स्वास्थ्य क्षेत्रमा भएका सहकार्य, आगामी दिनमा हुनसक्ने साझेदारीका बारेमा छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस