लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर


९ जेष्ठ २०७५, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. सगरमाथाको शिखरमा सबैभन्दा धेरैपल्ट पुगी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
    – कामिरिता शेर्पा
२. वि.सं. २०७५ जेठमा घोषणा गरिएको पल्सर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी को बने ?
    – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का

३. विभिन्न आँधीका कारण क्यारेबियन राष्ट्रहरु क्षति भएका रङ्गशाालाहरुको पुनः निर्माणका लागि स्रोत जुटाउने उदेश्यका साथ आईसीसीद्धारा सन् २०१८ मे ३१ म आयोजित खेलमा छनोट भएका नेपाली क्रिकेटर को हुन् ?
    – सन्दीप लामिछाने

४. नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण कहिले भएको हो ?
    – वि.सं. २०७५ जेठ ३

५. नेपाल कम्यनिष्ट पार्टीको संसदीय दलको नेता को चयन भएका छन् ?
    – केपी शर्मा ओली

६.ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ?
    – सन् २०१८ मे १८

७. सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार को हुन् ?
    – पूर्णिमा श्रेष्ठ (२०७५ जेठ ५, सन् २०१८ मे १९)

८. ‘स्मार्ट गोरखापत्र २०८१’को औपचारिक आरम्भ कहिले गरिएको हो ?
    – वि.सं. २०७४ फागुन २

९. साझा प्रकाशनले बर्सेनि प्रदान गर्दै आएको साझा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
    – जय छाङ्छा

१०.सन् २०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ?
  – दिपकराज जोशी (नेपालबाट पहिलोपटक अध्यक्षता गर्ने अवसर प्राप्त भएको ।)

११. राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आ.व. २०७५ ७५ को सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरियो ?
    – वि.सं. २०७५ जेठ ७

१२.हालै पोखरा लेखनाथमा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले सम्पन्न भयो ?
    – वि.सं. २०७५ जेठ ४/६ (सन् २०१८ मे १८/ २०)

१३. नेपालको कुल व्यापारघाटाको कति प्रतिशत हिस्सा भारतसँग मात्र रहेको छ ?
     – ६५ प्रतिशत

१४. विश्व हाँसो दिवस कहिले मनाइन्छ ?
    – मे महिनाको पहिलो आइतबार

१५. नेपाल विद्युत प्रधिकरणले मुलुकभर कहिलेदेखि लोडसेडिङ् अन्त्य भएको घोषणा गरेको हो ?
    – वि.सं. २०७५ वैशाख ३१

१६. चीनले विश्वकै ठूलो उभयचर विमान (जल र थल दुवैमा उडान भर्ने) कहिले सम्म उपभोक्तालाई आपूर्ति गर्ने जनाएको  छ ?
    – सन् २०२२

१७. सन् २०१८ मेमा कुन अफ्रिी राष्ट्रमा यबोला भाइरसको सङक्रमण देखा परेको छ ?
    – कङ्गो

१८ कठिन परिश्रम विनाको प्रतिभाको कुनै अर्थ छैन ,। भन्ने भनाइ कसको हो ?
    – क्रिस्टियानो रोनाल्डो ,खेलाडी

१९.सन् २०१८ मे मा मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसीपमा नेपालले कुन स्थानमा हासिल गरेको छ ?
    – तृतीय (प्रतियोगितामा भारत पहिलो र पाकिस्तान दास्रो)

२०. हुम्लाको खार्पुनाथमा मकालु एयरको कार्गो जहाज कहिले दुर्घटनाग्रस्त भएको हो ?
    – वि.सं. २०७५ जेठ २

२१. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?
    – किलिमञ्जरो (तान्जानियामा अवस्थित अफ्रिकाको सबैभन्दा अग्लो हिमाल)

२२. दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७४ मङ्सिर मसान्तसम्म नेपालको कुल जनसङख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ?
    – ६३.१७ प्रतिशत

२३. राष्ट्रको पूर्वाधार विकास गर्ने कार्यका लागि अहं भूमिका तथा योगदान पुर्याउने लक्ष्यसहित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड स्थापनाका लागि सैद्धान्तिक सहमतिपत्र कहिले प्रदान गरिएको हो ?
    -वि.सं. २०७५ जेठ ६

विषयगत प्रश्नोत्तर

१. नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति कस्तो छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा ५१ (ड) ले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति अख्तियार गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

– नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहने,
– संयुक्त राष्टसंघको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तराष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्ञ्चालन गर्ने,
– विगतमा भएका सन्धिहरुको पुनरावलोकन गर्ने,
– समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरु गर्ने ।

२.नेपालमा सार्वजनिक संस्थाहरुलाई क्षेत्रगत रुपमा के कसरी वर्गीकरण गरिएको छ ? उल्लेख गर्नुहोस् ।
नेपालमा सरकारी स्वामित्व र नियन्त्रणमा ३७ सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् । यी सार्वजनिक संस्थानलाई क्षेत्रगत रुपमा निम्नअनुसार वर्गीकरण गर्ने गरिएको छ :
(१) औद्योगिक क्षेत्र : (७ वट संस्थान)
(२) व्यापारिक क्षेत्र : (६ वटा संस्थान)
(३) सेवा क्षेत्र : (७ वटा संस्थान)
(४) सामाजिक क्षेत्र : (५वटा संस्थान)
(५) जन उपयोगी क्षेत्र : (३ वटा संस्थान)
(६) वित्तीयक्षेत्र : (९वटा संस्थान)

३.आर्थिक नीतिको उदेश्यहरु केके हुन् ? उल्लेख गर्नुहोस् ।
देशको समग्र आर्थिक विकास गर्न सरकारले तर्जुमा गरेको नीति आर्थिक नीति हो । यो सरकारले लिएको वित्त नीति, केन्द्रीय बैङ्कले तर्जुमा गरेको मौद्रिक नीति र सरकारले तर्जुमा गरेको क्षेत्रगत नीतिको एकीकृत रुप हो । उच्च, दिगो, फराकिलो, न्यायिक उवं समावेशी आर्थिक वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्नु आर्थिक नीतिको सर्वोपरि उदेश्य हो । यसका अरु उदेश्यलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ  :

– आर्थिक स्थायित्व कायम गर्ने,
– सामाजिक न्याय कायम गर्ने,
– रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने,
– निर्यात वृद्धि गर्ने,
– लगानी बढाउने,
– राजस्व वृद्धि गर्ने
– ग्रामीण विकास गर्ने,
– क्षेत्रीय सन्तुलन कायम गर्ने,
– उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
– पूर्वाधार निर्माण गर्ने,
– निजि क्षेत्रको विकास गर्ने ।


                                                                   साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् :

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस