खटाएको कार्यालयमा जान स्वास्थ्यकर्मीको अटेरी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खटाएको कार्यालयमा जान स्वास्थ्यकर्मीको अटेरी


९ जेष्ठ २०७५, बुधबार


संखुवासभा । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीले सरुवा गरेको स्वास्थ्य संस्थामा जान अटेरी गरेका छन् । कार्यालयले डेढ वर्षयता ६ स्वास्थ्यकर्मीको विभिन्न स्थानीय तहमा सरुवा गरेको थियो । तर, ती कर्मचारीहरू विभिन्न बहाना गरी जिल्ला अस्पतालमै कामकाज गरिरहेका छन् ।

कार्यालयका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार हेल्थ असिस्टेन्ट विक्रम भुसाल याफू स्वास्थ्य चौकीमा, अनमी सुनिता घिमिरे चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा, अनमी सरस्वती शाह स्याबुन स्वास्थ्य चौकीमा, अनमी रेनुका सुनाम माल्टा स्वास्थ्य चौकीमा, श्रेया घिमिरे मनकामना स्वास्थ्य चौकीमा र राधिका कोइराला धुपू स्वास्थ्य चौकीमा सरुवा भएका थिए । तर, उनीहरू अहिलेसम्म सरुवा गरिएका स्वास्थ्य

केन्द्रमा गएका छैनन् । यसले त्यस क्षेत्रको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

विभागले राधिकाको डेढ वर्षअघि नै धुपू स्वास्थ्य चौकीमा सरुवा गरेको हो । त्यसको तीन महिनापछि स्वास्थ्य मन्त्रालयले कोइरालाको रमाना पत्र नदिन जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेको थियो । स्थानीय भएका कारण खटाएको कार्यालयमा जान उनीहरूले अटेर गरेका हुन् । उनीहरू विभिन्न बहाना गरी जिल्ला अस्पतालमै काम गर्ने गरेका छन् ।

सरुवा गरिएका स्थानीय तहबाट उनीहरूको काज फिर्ता गरिदिन जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक पत्राचार समेत गरिएको छ । यसबारे महिनौंअघि नगरपालिकाले पत्रसमेत लेखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस