एक महिनाभित्र कर्मचारी व्यवस्थापन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक महिनाभित्र कर्मचारी व्यवस्थापन


८ जेष्ठ २०७५, मंगलबार


समायोजन

चितवन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताए ।

मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका मन्त्री पण्डितले आज यहाँ पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताए ।

केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताए  अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उनले कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताए । केन्द्रीय प्रणालीअन्तर्गत रहेका संरचना संघीय प्रणालीअन्तर्गत तीन तहमा जाने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस