प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण


८ जेष्ठ २०७५, मंगलबार


पोखरा । गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको छ ।

समयसापेक्षरुपमा सेवाको गुणस्तरीयताका साथै छिटोछरितो जनमुखी प्रशासन कायम गराउने लक्षका साथ आयोजित अभिमुखीकरणमा प्रदेश नं ४ का मन्त्रालयअन्तर्गतका कम्प्यूटर सेवातर्फ ३० जना कर्मचारीको सहभागिता रहेको छ ।

अभिमुखीकरणको शुभारम्भ कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले वर्तमान युग सूचना प्रविधिको युग भएको बताउँदै दक्षता अभिवृद्धि बिना प्रभावकारी सेवा प्रभाव गर्न नसकिने बताए ।

सूचना तथा प्रविधि शाखाका उपसचिव शम्भुप्रसाद मरासिनीले अभिमुखीकरणका क्रममा सेवा प्रवाह गर्दा आइपर्ने व्यावहारिक समस्याका साथै विविध पक्षमा जानकारी गराइने बताए ।

उपक्षेत्रीय प्रशासक गिरीधारी सुवेदीले अभिमुखीकरण तालीममा सिकेका विषयलाई सहभागीले व्यवहारमा उतार्दै सेवाग्राहीको विश्वास जित्न आग्रह गरे ।

कार्यक्रममा शम्भुप्रसाद मरासिनी, टीकाराम दाहाल, सुवास घिमिरे, पुरुषोत्तम पौडेल, लक्ष्मणकिरण थापा, अमुल पराजुली, सन्तोष सिग्देल, लिलाबहादुर मगरले सूचना प्रविधिका विभिन्न पक्षमा तालीम दिनेछन् । रासस

प्रतिक्रिया दिनुहोस