पतिको मृत्युको खवरले सियान्कीदेवीको परिवार बिचल्ली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पतिको मृत्युको खवरले सियान्कीदेवीको परिवार बिचल्ली


७ जेष्ठ २०७५, सोमबार


बर्दिवास । विदेश कमाउन गएका पति आएपछि छोराछोरीको रहर पूरा गर्ने आश पालेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारकी सियान्कीदेवी बाँतर उतै पतिको मृत्युको खबरले अचेत भएकी छन् ।

घरका तीन छोरा र दुई छोरीसहित पाँच सन्तानकी आमा सियान्की सउदी अरब गएका ४२ वर्षीय पति गर्भु बाँतरको आइतबार सडक दुर्घटनामा मृत्यु भएको खबरले अचेत भएकी हुन् । दुई वर्षअघि घरको गर्जो टार्न लिएको ऋणको साहुबाट ताकेता आएपछि कमाउन सउदी अरब गएका गर्भुको आइतबार त्यहीँ मृत्यु भएको खबर आज बिहान आएपछि सियान्की अचेत भएकी उनका छिमेकी चौठी बाँतरले बताए ।

दुई छोरीमध्ये जेठीको विवाहमा लागेको ऋण तिर्न नसकेपछि कमाउन सउदी अरब पुगेका गर्भुको आइतबार मृत्यु भएर शव बुझ्न काठमाडौं जानुपर्ने खबर आएपछि उनको परिवार चिल्लीबिल्ली नै परेको छ । कमाउन विदेश गएका पतिको उतै मृत्यु भएको खबरले अचेत भएर ढलेकी आमाबारे छ बर्षीय सानो छोरा आशिक बाँतर बेखबर छन् ।

गर्भुकी ठूली छोरीको बिहे भए पनि अरू चार सन्तान भने छ देखि १६ वर्ष सम्मका मात्रै छन् । अब प्रमाण कागजात पु-याएर गर्भुको शव बुझ्न जाने तयारी भइरहेको भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस