प्रदेश ७ : कांग्रेसले छान्यो दलको नेता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश ७ : कांग्रेसले छान्यो दलको नेता


६ जेष्ठ २०७५, आइतबार


धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश नम्वर ७ ले संसदीय दलको नेता चयन गरेको छ ।

आइतबार प्रदेशसभा सदस्य डा. रणबहादुर रावललाई कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

प्रत्यक्षतर्फ ४ जना सांसद जितेको कांग्रेसका समानुपातिक गरी प्रदेशसभामा १२ जना सांसद रहेका छन् । डा. रावल कैलाली क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । संसदीय दलको नेता चयन गर्न प्रदेश ७ मा कांग्रेस केन्द्रिय कार्यालयले केन्द्रिय सदस्य एनपी साउदलाई पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस