सडकपेटीबाट यसरी हटाइयो मन्त्रीको गाडी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सडकपेटीबाट यसरी हटाइयो मन्त्रीको गाडी


४ जेष्ठ २०७५, शुक्रबार


सिंहदरवार । केही दिनअघिसम्म सिंहदरवारको पार्किङ अस्तव्यस्त थियो । सडकपेटी, कार्यालय प्रांगण मात्र होइन, सडकमै आवतजावतमा बाधा पुग्ने गरी सवारी पार्किङ गरिएका थिए । यसले सिंहदरवार कुरूपझैं देखिन्थ्यो ।

देशको मुख्य प्रशासकीय अड्डाकै लाजमर्दाे अवस्थापछि प्रशासन डट कमले यसविरुद्ध निरन्तर समाचार प्रकाशन गर्याे । त्यसपछि पनि सरोकारवालाले यसमा चासो देखाए, जुन अत्यन्तै सराहनीय छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई धन्यवाद दिनै पर्छ ।

अझै पनि यहाँको पार्किङ पूर्णरूपमा व्यवस्थित भने भइसकेको छैन । पार्किङ व्यवस्थित गराउन सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारीकै गाडी बाधक बनिरहेका छन् ।
सिंहदरवारमा ट्राफिक प्रहरी खटिएसँगै यसभित्रका ८० प्रतिशतभन्दा बढी सडक पेटीहरू खाली भएका छन् । तर, केही क्षेत्रमा भने अझै पार्किङ व्यवस्थित हुन नसकेको ट्राफिक प्रहरी बताउँछन् । उनीहरूका अनुसार सिंहदरवारमा ठाउँ अभावले पार्किङ व्यवस्थित हुन नसकेको होइन, मन्त्री तथा उच्च पदस्थ कर्मचारीको अटेरीले समस्या भएको हो । सिंहरदरवार परिसरमा मन्त्री तथा उच्च पदस्थ कर्मचारीको गाडी जथाभावी पार्किङ गरेको देख्न सकिन्छ ।

हेर्नुहोस् तस्बिर : केही दिनअघि संघीय संसद् सचिवालयमा जथाभावीरूपमा पार्किङ गरेको मन्त्रीको गाडी हटाउँदै चालक ।

 

मन्त्रीकै गाडी सडकपेटीमा देखिएपछि तस्बिरका लागि क्यामेरा निकालेपछि मात्रै चालकले गाडीलाई पार्किङ स्थानमा राखेका थिए । त्यसयता भने उक्त गाडी पार्किङमै राख्ने गरेको पाइएको छ ।


पार्किङका लागि ठाउँ हुँदाहुँदै पनि पैदल यात्रुका लागि बनाइएका सडकपेटीमै गाडी पार्किङ गर्नु बाध्यता र विवसता नभई खराव मानसिकता हो । सिंहदरवारभित्र सयौं होइन, हजारौं गाडी पार्किङ गर्न सकिने ठाउँ छ । तर, एक–दुई मिनेट पनि हिँड्न नमान्ने र सवारी चालकले नियम पालना नगर्ने गरेकाले समस्या उत्पन्न भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस