काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ।
४३ सदस्यीय एकीकृत पार्टीको स्थायी कमिटी बनाउने सहमतिसहित चुनाव चिन्ह सूर्य नै रहने भएको छ । आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्।
एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारीको स्मृतिमा बिहीबार नै पार्टी एकता घोषणा हुने बताइएको छ ।