दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ


२ जेष्ठ २०७५, बुधबार


काठमाडौं । प्रहरीले दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । खाजा खाएर बिल तिर्ने क्रममा नक्कली नोटको आशंकामा खाजा सञ्चालकले प्रहरीलाई खबर गरेपछि सुर्खेतका महेन्द्र बोगटी पक्राउ परेका थिए । उनैले दिएको सूचनाका आधारमा सुजित तामाङ र साजन तामाङको कोठामा खानतलासी गर्दा प्रहरीले ७ लाख ४३ हजार रुपैयाँ बरामद गरेको थियो । तेजेन मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठमा खानतलासी गर्दा २करोड ५२ लाख बरामद भएको प्रहरीले जनाएको छ ।

नक्कली नोट बजारमा होटलमा पैसा तिर्दा, यौनकर्मीहरुले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागु औषध कारोबारी र सक्कलीमा मिसाएर दिने गरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस