आजादलाई कारबाही गर्न माग गर्दै भारतीय राजदुतावास अगाडी नेविसंघको धर्ना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजादलाई कारबाही गर्न माग गर्दै भारतीय राजदुतावास अगाडी नेविसंघको धर्ना


१ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।

आजादलाई कारबाही गर्न नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक दबाब दिनुपर्ने मुख्य माग गर्दै भारतीय दुतावास लैनचौर अगाडी आज डेढ घन्टा धर्ना दिइएको नेविंघका अध्यक्ष नैनसिं महरले बताए । महरले कसैले स्वतन्त्र, सार्वौभौम र स्वाधीन देश नेपालमाथी धावा बोले त्यो सुइकार्य नहुने बताए ।

गधालाई जति धोए पनि गाई बन्दैन भन्ने उक्तिलाई चरितार्थ गर्दै ओलि सरकार अधिनायकवाद तर्फ उन्मुख भएको महरको आरोप छ ।

नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले सीमा मिचेर नेपाल आमाको माटो अतिक्रमण गर्ने भारतीय प्रधानमन्त्री सामु अतिक्रमणको अ समेत उच्चारण गर्न नसक्ने ओलि सरकार लम्पसार बादी भएको आरोप लगाए ।

यस्तै नेपाल विद्यार्थी संघका प्रवक्ता प्रेम जोशीले विदेशीले देशको स्वाधिनतामाथी आच आउने अभिव्यक्ति दिँदा समेत केही नबोल्ने प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने बताए। दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायले अभिव्यक्ति आएकाले आजादलाई यथासिघ्र कारबाही हुनुपर्ने जोशीले बताए । उनले यस्ता खालका अभिव्यक्ति नेपाल र नेपालीका लागि सह्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस