सेवाप्रवाहलाई गुणस्तरीय बनाउन प्रविधिमैत्री सेवा अभियान थाल्दैछौं « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेवाप्रवाहलाई गुणस्तरीय बनाउन प्रविधिमैत्री सेवा अभियान थाल्दैछौं


१ जेष्ठ २०७५, मंगलबार


जनतासँग गरेका प्रतिवद्धता के–कति पूरा गर्नुभयो ?
जनतासँग पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्धता गरेको थिएँ । यसका लागि चरणवद्ध रूपमा कार्ययोजना बनाएर काम गरिरहेका छौं ।

सेवाप्रवाह र विकास निर्माणलाई गुणस्तरीय बनाउ के–कस्ता योजना बनाउनुभएको छ ?
सेवाप्रवाह र विकास निर्माणलाई गुणस्तरीय बनाउन प्रविधिमैत्री सेवा अभियान सुरु गर्ने योजनामा छौं । यसका लागि हामी पूर्वाधार बनाउँदै छौं । यो आर्थिक वर्षभित्र पूर्वाधार बनाइसक्ने लक्ष्य छ ।
यस्तै शुद्ध पिउने पानीको व्यवस्थाका लागि काम गरिरहेका छौं । फोहोर व्यवस्थापन गरेर ग्रिन सिटीको प्रक्रिया पनि बढाएका छौं ।
सानो कामका लागि महानगर आउनुपर्ने अवस्था हटाउन पहल गर्नेछौं ।

कर्मचारीको काम गर्ने शैली कस्तो पाउनुभएको छ ?
कर्मचारीको व्यवहार अप्ठेरो छैन । बरु, जनशक्ति अभावले गर्दा सेवाप्रवाहमा समस्या देखिएको छ ।
हाम्रोमा अनुभवी कर्मचारी छन् । उहाँहरूको अनुभवलाई बदलिँदो परिस्थिति अनुसार काम गर्न सक्ने व्यवस्था मिलाउँदै छौं ।

स्थायी सरकार पनि भनिने कर्मचारी प्रशासन अर्थात् सेलेक्टेड र जनप्रतिनिधि अर्थात् इलेक्टेड समूहबीच कसरी समन्वय गरेर अघि बढ्दै हुनुहुन्छ ?
कर्मचारीलाई कामको लोड छ । सेवाग्राहीले छिटो सेवा खोज्ने गरेका छन् । यसले गर्दा केही समस्या देखिएको छ । तैपनि, सीमित स्रोतसाधनको अधिकतम परिचालन गरी समन्वयकारी भूमिका निर्वाह गरिरहेको छु ।

महानगरलाई समृद्ध बनाउने योजना के–के छन् ?
पोखरा पर्यटकीय सहर हो । यो आधुनिक पर्यटन सुरुवात भएको क्षेत्र पनि हो । त्यसकारण पूर्वाधार, यातायात, होटल व्यवस्थित गर्न गुरुयोजना बनाएर अघि बढिरहेका छौं ।

Tags :
प्रतिक्रिया दिनुहोस