आँधीका कारण भारतमा ४१ को मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आँधीका कारण भारतमा ४१ को मृत्यु


३१ बैशाख २०७५, सोमबार


नयाँदिल्ली । भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आन्ध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ ।

यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतीय सरकारी अधिकारीले सो जानकारी दिएका छन् । ती राज्यमा आँधीको प्रकोप आइतबार साँझबाट शुरु भएको बताइएको छ ।

यस आँधी बेहरी र वर्षामा परी उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा नौजना र नयाँ दिल्लीमा दुईजना व्यक्तिको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् ।

राजधानी नयाँ दिल्लीमा धुलोसहितको आँधीबेहरीप्रति घण्टा १०९ किलोमिटरको दरले आएको मौसम विभागका विज्ञहरुले जानकारी दिएका छन् ।

यस आँधीमा परी दर्जनौँ स्थानीय घाइते भई अस्पतालमा उपचार जारी रहेको भारतीय अल इण्डिया रेडियो (एआइआर) ले जानकारी दिएको छ ।

यस आँधीका कारण नयाँ दिल्लीको इन्दिरागान्धी इन्टरनेशनल विमानस्थलबाट सोमबार उडान भर्नुपर्ने ७० उडान अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिए ।

यस प्रकोपको कारण कतिपय स्थानमा विद्युत्का लाइन अवरुद्ध भएका छन् । यस आँधीमा परी ज्यान गुमाएका परिवार र घाइते व्यक्तिप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुःख प्रकट गरेका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस