मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई


३० बैशाख २०७५, आइतबार


अछाम । प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको साँफेबगर नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा नौ विकेट गुमाउँदै १०४ रन बनायो । एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको मङ्गला विकास क्लबले ११ दशमलव चार ओभरमा सवै विकेट गुमाएर ७६ रन मात्र बनायो । म्यान अफ द म्याच साँफेबगरका मनिस कुँवर घोषित भए ।

उपाधिसँगै साँफेबगरले ७७ हजार ७७७, मेडल तथा प्रमाणपत्र प्राप्त ग-यो । उपविजेता मङ्गला विकास क्लबले २५ हजार पुरस्कार पायो । प्रतियोगिताको म्यान अफ द सिरिज मङ्गला विकास क्बलका सागर भण्डारी भए । मङ्गला विकास क्लबका अध्यक्ष गणेशबहादुर रावल, जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस