प्रधानसेनापति क्षत्री पाकिस्तान भ्रमणमा जाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति क्षत्री पाकिस्तान भ्रमणमा जाने


३० बैशाख २०७५, आइतबार


काठमाडौैं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री पाकिस्तान भ्रमणमा जाने भएका छन् । सोमबार उनी ३ दिने औपचारिक भ्रमणमा पाकिस्तान जाने भएका हुन् ।

नेपाली सेना र अन्य मित्रराष्ट्रहरुका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउने उदेश्यले भ्रमण हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

पाकिस्तान आम्र्ड फोर्सका प्रमुख जुबर मोहम्मदको निमन्त्रतामा उनी पाकिस्तान भ्रमणमा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस