गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


प्रशासन विशेष ब्युरो

२९ बैशाख २०७५, शनिबार


विदेशी छ छानो म बाँच्ने कसोरी ।
तिमी रोइ बस्दा म हाँस्ने कसोरी ।

यता टाल्न खोजे उता फाट्छ छाती,
मनै च्यातियो ध्यार्र गाँस्ने कसोरी।

दियो दैवले दर्द औधि पीडा भो,
कठै ! जिन्दगी व्यर्थ मास्ने कसोरी ।

उडायो सबै स्वप्न आएर आधि,
रुझायो चिना पाति टाँस्ने कसोरी ।

गरे कर्म यो भाग्य खोसेर लान्छ,
नसक्ने भए लौन साच्ने कसोरी ।

भयो गीत पीडा सुनाए सधै झैँ,
म गाऔं कसोरी र नाच्ने कसोरी ।

पलाए मुना पात आफ्नै बुटामा,
बडो मोह जाग्दैछ भाच्ने कसोरी ।

प्रतिक्रिया दिनुहोस