अनाथ बालबालिकालाई भोजन खुवाएर जन्मदिन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अनाथ बालबालिकालाई भोजन खुवाएर जन्मदिन


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । मोडल तथा कलाकार नयन डिसीले अनाथ बालबालिका तथा असाहय बृद्धबृद्धाहरुलाई भोजन खुवाएर र केक काटेर जन्मदिन मनाएका छन् ।

बुढानिलकन्ठ डाडागाउँमा अबस्थित अनाथ असाहय बाल सुधार समाजमा आश्रित ३७ जना बालबालिका तथा मानब सेवा आश्रम सामाखुशीमा आश्रित करिब ४० जना बृद्धबृद्धालाई उनले खाना खुवाएका हुन् । खानाका साथै केक खुवाएर उनले नाचगान समेत गरे ।

बर्षेनी फरक तरिकाले जन्मदिन मनाउँदै आइरहेका नयनले उक्त आश्रममा पुगेर अन्य खाद्यन्न सामाग्री वितरण गरेर सबैसँग नाचगान गर्दै जन्मदिन मनाएका हुन ।

एरोविक डान्सका प्रशिक्षक समेत रहेका नयनले करिब ४५ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

कलाकार, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरुका साथ अनाथलय तथा आश्रममा पुगेका नयनले जन्मदिनमा केही नयाँ सन्देश प्रवाह गर्न खोजेको बताए । ‘हाम्रो सानो सहयोगले अनाथ तगा बेसाहाराहरुको मुहारमा थोरै भएपनि मुस्कान ल्याउने प्रयास गरेको हुँ,’ उनले भने ।

भर्खरै म्यूजिक भिडियो निर्देशनमा समेत हात हालेका नयनले जन्मदिनको अवसरमा साथीहरुसँग रमाइलो तथा विलासितामा खर्च उडाउनु भन्दा अशक्त आमाबुवा तथा बालबालिकासँग जन्मदिन मनाउँदा आफूलाई छुट्टै खुशी मिलेको अनुभव सुनाए ।

कार्यक्रममा पत्रकार शिवराज योगी, युवराज गौतम, महेश गौतम, यज्ञराज जोशी लगायतले नयनको नौलो प्रयासले समाजमा सकरात्मक सन्देश प्रवाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस