‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सिए पढाइरहेका छौं’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सिए पढाइरहेका छौं’


गणेशप्रसाद जोशी

२७ बैशाख २०७५, बिहिबार


चैतन्य इन्सिच्युट अफ म्यानेजमेन्टले मानव संसाधन विकास र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । ह्युमन रिसोर्सेज डेभलपमेन्टको क्षेत्रमा विशेष गरी यसले प्लस टु अध्ययनपछिको विश्वव्यापी माग भई आएको, उच्च सामाजिक सम्मान भएको सिए एजुकेसन प्रोभाइड गरिरहेको छ । प्लस टुपछि सम्भावित उच्च शिक्षामध्ये सिए एकदमै राम्रो, उपयुक्त क्षेत्र हो । सिए अध्ययन गर्न जुनसुकै फ्याकल्टीबाट प्लस टु पास भए पुग्छ ।

यो नेपालको प्रशासनिक, लेखापरीक्षण तथा अर्थ विशेषज्ञताको क्षेत्रमा विशेषज्ञता हासिल गरेका, नेतृत्वदायी भूमिका निर्वाह गरेका र राष्ट्रलाई ठूलो टेवा दिएका व्यक्तिको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नाताबाट स्थापना भएको संस्था हो । यसको प्रमुख उद्देश्य नेपालमा पेशागत शिक्षा प्रदान गर्ने, विश्वव्यापी स्तरको जनशक्ति उत्पादन गर्ने र नेपालमा नै विश्वस्तरीय शिक्षा प्रदान गर्ने हो । यसले सिएका अलावा अन्य पेशागत दक्षता तथा क्षमता विकास कोर्सहरू पनि सञ्चालन गरिरहेको छ । त्यसमा लोकसेवा आयोगको तयारी कक्षा एक हो । यसले विभिन्न पेशामा आवद्ध मानिसको क्षमता विकाससँग सम्बन्धित तालिम प्रदान गर्छ । र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनहरू पनि आयोजना गर्छ । क्षमता विकासका लागि विभिन्न पेशासँग सम्बद्ध मान्छे, जननिर्वाचित जनप्रतिनिधिहरूसँग तालिमको सेवा प्रवाह गरिराखेको छ ।

सिए एउटा आफैमा उच्च सम्मान, विश्वव्यापी अवसर र राम्रो आम्दानी गर्न सकिने सम्मानित पेशागत शिक्षा हो । यसका मुलभुत तीन विशेषता छन् । एउटा त सिएको हाइ रेपुटेसन छ, अर्काे यसको ग्लोबल मार्केटमा असिमित अवसर छन् । जति असिमित अवसर त्यति नै सिएका लागि फाइनान्सियल सेक्युरिटी पेशाका रूपमा यसलाई लिन सकिन्छ । यति धेरै ठूलो सम्भावना र अवसर प्रदान गर्ने सिए डिग्री हासिल गर्न अत्यन्तै सहज छ ।

सहज कुन मानेमा छ भने सिए पढ्नका लागि लगानीको धेरै आवश्यकता पर्दैन, लगनशीलताको मात्रै आवश्यकता पर्छ । तसर्थ हामीजस्तो न्यून मध्यम वर्गीय आर्थिक हैसियत बोकेका मेजोरिटी अफ पपुलेसनले न्यून मध्यमवर्गीय आर्थिक अवस्थालाई प्रतिनिधित्व गर्छ । नेपालजस्तो न्यून मध्यमवर्गीय तथा न्यून आर्थिक अवस्था भएको परिवारको बाहुल्यता भएको क्षेत्रमा यो विषय उपयुक्त छ । किनकी कम लगानी र समयमा यो विषय पढेर उज्जवल भविष्य बनाउन सकिन्छ ।

करिब पाँच वर्षको समयमा तीन लाख रूपैयाँ खर्च गर्दा सिए पढ्न सकिन्छ । प्लस टुपछिको आफैमा एक पूर्ण डिग्री, हाई प्रोसपेक्टिभ भएको सेल्फ जब क्रियटेड, जब ओरिन्टेड पेशा भनेको सिए नै हो । यति कम मूल्य र समयमा पढ्न सकिने कम्प्लिट जब ओरिन्टेड र क्रियटेड डिग्री अरु केही पनि छैन । त्यसैले जो लगनशीलताका लागि तत्पर छन्, आफ्नो उज्जवल भविष्यका निमित्त अध्ययनमा सम्मिलत हुने, अनुशासन, मर्यादा र उचित समय व्यवस्थापनको परिधिमा राखेर आफूले पाएको स्रोत साधनको उच्चतम प्रयोग गर्ने क्षमता जसमा छ, त्यो विद्यार्थीले सहजै सिए डिग्री हासिल गर्न सक्छ ।

चैतन्यमा सिए पढाइका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, दक्ष जनशक्ति र अध्ययन सामग्री उपलब्ध छन् । त्यसैले एप्रोच अफ टिचिङको तयारी गरेर नेपालमा नै विश्वस्तरको शिक्षा दिन सक्छौं र वल्र्ड क्लास क्वालिटीलाई डेलिभर गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो । यसका लागि विद्यार्थीको समर्पण र लगनशीलताले पनि बढी अर्थ राख्छ ।

हामीले जुटाएका सामग्रीहरू, सिर्जना गरेको वातावरण, र यहाँको भौतिक पूर्वाधारले के जस्टिफाइ गर्छ भने हामी नेपालमा बसेर नै उत्कृष्ट शिक्षा दिन सक्छौं । जसले अन्तर्राष्ट्रिय मापदण्डलाई मिट गर्न सक्छ । त्यसको साथसाथै प्लस टुपछिको शिक्षा भएको कारणले एउटा कुनै विषयको कोर एजुकेसन तथा कुनै विषयको वस्तुगत ज्ञान त छँदैछ, त्यसका साथसाथै सिकाइलाई जीवन, समाज र राष्ट्रिय सवालसँग पनि जोड्नुपर्ने हुन्छ । किनभने कुनै पनि जनशक्ति भनेको त्यो राष्ट्रको जनशक्ति हो । उसले प्रदान गर्ने सेवा उसले भोलि गएर छान्ने रोजगारको क्षेत्र र उसको सामाजिक भूमिकाले राष्ट्रिय विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले कुनै पनि देशको जनसंख्या राष्ट्रको अमूल्य निधि हो, सम्पत्ति हो ।

तसर्थ चैतन्यमा सिए पढने विद्यार्थीहरुले सिएको पाठ्यक्रमको गुणस्तरियता पाउँछन नै त्यसका अलावा वहुआयामिक व्यक्तित्व विकास गर्ने अवसर पनि प्राप्त गर्छन । सम्पूर्ण १२ कक्षाको परीक्षामा सम्मिति विद्यार्थीहरुलाई उच्चा शिक्षाको रुपमा सिएको छनौट गर्न त्यसका लागि चैतन्यसँग सहकार्य गर्न आव्हान गर्दछौं ।
(कुराकानीमा आधारित)

Tags :
प्रतिक्रिया दिनुहोस