कविता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कविता


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


पाऊ राख्दा काँडा बिझ्यो, मुटुभित्र घाउ लाग्यो
चोट लाग्दा आँखाबाट वेदनाको भेल खस्यो

भत्किएका चर्किएका मेरा सारा गाँऊहरु
नदेखिन्ने नर्बिसिन्ने लाग्यो कत्ति घाऊहरु

बिर्सिसके भन्छु तर फेरिआई झस्काईदिन्छ
आधा रातमा अनायसै निन्द्राबाट ब्युँझाईदिन्छ

कठै मेरा सारा सपना क्षणभर मै टुक्रिएछन्
बरै मेरा साथी संगी पलभर मै निमोठिएछन्

भत्किएछन् गाँउ बस्ति निमेश मै उझडिएछ
नियतीको भुमरीमा आज मातृभुमि रुमलिएछ

प्रतिक्रिया दिनुहोस