१७ अर्वको सुन तस्करीमा प्रहरीको भाग दुई करोड २० लाख ! « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

१७ अर्वको सुन तस्करीमा प्रहरीको भाग दुई करोड २० लाख !


प्रशासन विशेष ब्युरो

२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीमा संलग्न अभियुक्तहरुले देशको अर्थतन्त्रलाई नै धरासायी बनाउने गरी सुन तस्करी भएको डरलाग्दो तथ्य खोलेका छन् ।

३३ किलो सुन गायब र सनम शाक्य हत्याप्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज गर्दा सुनका मालिक गोरे भनिने चुडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी भएको उल्लेख गरिएको छ ।

गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेलापरेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्व डीआइजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डिएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ ।

बिमाबापत गोरेले परिवारलाई ५० लाख रुपैयाँ दिने बताएपछि सुन ओसारपसारमा लागेको बयान उनले दिएका छन्। गोरेले मल्ललाई राहदानी समेत बनाउन लगाएर दुवई पठाएका थिए।

दुबईबाट चार किलो सुन ल्याएको बयान मल्लले दिएका छन्। उनले यसैगरि ५, ७, ८ र १६ किलोसम्म सुन दुबईबाट ओसारपसार गरेको बयानमा उल्लेख गरेका छन्। उनले आफु गोरेको विश्वासिलो पत्रा रहेको स्वीकार गरेका छन्।

अर्का अभियुक्त मोहन काफ्लेले मासिक ५० हजार तलब दिने सम्झौता अनुसार गोरेसँग काम गर्न थालेको बताएका छन्। उनले एक पटक २३ किलो सुन एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यालयमा लगेर बुझाएको बतयान दिएका छन्। यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस