इमान्दार प्रहरी चाहियो ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इमान्दार प्रहरी चाहियो !


प्रशासन विशेष ब्युरो

२० बैशाख २०७५, बिहिबार


काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अधिकृतसहित आधा दर्जन प्रहरीलाई मुद्दा दर्ता भएपछि फेरि प्रहरी प्रशासन र यसको दायित्वप्रतिको प्रतिबद्धताबारे बहस आरम्भ भएको छ।

संगठनभित्रका कतिपय प्रहरी कर्तव्य र व्यवहार कानुनसम्मत नभएकामा सुरक्षा जानकारहरूले चिन्ता व्यक्त गरेका छन्। ‘सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका प्रहरी अधिकारीहरू नै तस्करीमा संलग्न रहेको घटना सार्वजनिक हुनुले प्रहरीले मुलुकमा दिँदै आएको सुरक्षा व्यवस्था र आचरणमाथि गम्भीर प्रश्न उठेको छ’, पूर्वगृहसचिव डा. गोविन्द कुसुमले भने, ‘प्रहरीमा लोभी मनहरू अत्यधिक सक्रिय भएको पाइयो अब सिंगो प्रशासनलाई कडा आचरणमा बाँध्नुको विकल्प छैन।’

केही प्रहरीकै गलत व्यवहार र आचरणका कारण सिंगो प्रहरी संगठनले अन्य थुप्रै आरोपसमेत खेप्नुपरिरहेको उनले बताए। यसअघि बहुचर्चित सुडान घोटालामा तीन पूर्वआईजीपी नै दोषी देखिए। सर्वोच्च अदालतले उनीहरुलाई जेल नै पठायो।

त्यसपछि सुन प्रकरणले फेरि प्रहरीको भूमिका र अनुशासन विषयलाई सतहमा ल्याएको छ। ०१२ सालदेखि सरकारले ऐनमार्फत मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको प्रमुख जिम्मेवारी नेपाल प्रहरीलाई दिँदै आएको छ। सुरक्षा विज्ञका अनुसार आन्तरिक सुरक्षा व्यवस्था गर्नु भनेकै देशभरमा हुने सबै खालका आपराधिक घटना रोक्ने र नागरिकलाई सुरक्षाको पूर्ण अनुभूति दिलाउनु हो ।

प्रहरी नै तस्करीमा संलग्न भएको घटनाले आन्तरिक सुरक्षा कमजोर देखाएको मात्र होइन, प्रहरीप्रति नागरिकको विश्वासलाई पातलो पार्ने काम पनि गरेको छ। सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीले प्रहरी संगठनभित्र वर्षौदेखि तस्करहरूसँग साँठगाँठ गर्ने र भ्रष्टाचारमा लिप्त हुनेहरूको बोलवाला हुँदै आएकाले अहिले प्रहरी संगठनले संकट व्यहोर्नुपर्ने अवस्था आएको बताए। उनले भने, ‘यो अवस्थाबाट बाहिर आउन प्रहरी संगठनमा शुद्धीकरणको अभियान नै सुरु गरिनुपर्छ।’ यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस