जागिर सरकारी, लगानी निजीमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जागिर सरकारी, लगानी निजीमा


प्रशासन विशेष ब्युरो

२० बैशाख २०७५, बिहिबार


देउखुरी । दाङ देउखुरीका अधिकांश सरकारी तलब खाने शिक्षकले निजी विद्यालयमा लगानी गरेको पाइएको छ।

कुनै पनि व्यवसाय सञ्चालन गर्दा राज्यसँग अनुमति लिनुपर्ने प्रावधान भए पनि अनुमतिबिना निजी विद्यालयमा लगानी गरेको पाइएको हो ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहँदा सरकारी विद्यालयका अधिकांश शिक्षक भने निजी विद्यालयमा विद्यार्थी संख्याको जोड घटाउमा लागेको पाइन्छ। दाङ देउखुरी क्षेत्रका सामुदायिक विद्यालयमा अधिकांश शिक्षकले निजी विद्यालयमा लगानी लगाएका छन्। केही शिक्षकले निजी र सामुदायिक विद्यालय दुवैतर्फ अध्यापन पनि गराइरहेको खबर हामीले आजको गोरखापत्र दैनिकबाट लिएको हौं ।

प्रतिक्रिया दिनुहोस