सिंहदरबारभित्रका दुइ मन्त्रालयः व्यवस्थित र अव्यवस्थित पार्किङले देखाएको अन्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबारभित्रका दुइ मन्त्रालयः व्यवस्थित र अव्यवस्थित पार्किङले देखाएको अन्तर


प्रशासन विशेष ब्युरो

२० बैशाख २०७५, बिहिबार


सिंहदरबार । राजनीतिक, प्रशासनिक तथा आर्थिक केन्द्रबिन्दुका रुपमा रही आएको सिँहदरबार इतिहासदेखि वर्तमानसम्म सधै चर्चामा रहँदै आएको छ ।

देशको प्रधानमन्त्रीदेखि मुलुक संचालन गर्ने प्रमुख प्रशासनिक कार्यालयहरु रहेको परिसरभित्रको भौतिक संरचनाहरु कस्ता होलान् ? राष्ट्रिय/अन्तराष्ट्रिय सभा, सम्मेलन र गोष्ठिमा सहभागीता जनाई रहने विशिष्ठ व्यक्तिहरुका आनि, बानी र व्यवहार साच्चिकै सिक्न लायक नै होलान् ? अनि उनीहरु बस्ने कार्यालयको वातावरण त झन् साच्चिकै मनमोहक र हेर्न लाएक नै होला भन्ने जो कोहीले अनुमान गर्नु स्वभाविकै हो । तर, पहिलो पटक सिँहदबारबार प्रवेश गर्दै हुुनुहुन्छ भने गेटबाटै यो कल्पना छोडिदिनुहोस् । एक/आधवाहेक अधिकाँस मन्त्रालयहरुको अवस्था यस्तै अस्तव्यस्त छ ।

देशको मुख्य प्रशासनिक केन्द्र सिँहदरबारभित्रै कस्तो मानसिकताबाट कार्यालयहरु संचालन हुँदै आएका छन् ? थोरै मात्र गर्दा र केही नगर्दा देखिने अन्तर देखाउने प्रयासमा छौं । करीब करीब उस्तै उस्तै दुई मन्त्रालय जहाँ एक सफा र व्यवस्थित छ भने अर्को अव्यवस्थित ।

सर्वधासारणको प्रवेश पहुँच रहेको एक मात्र मुख्य गेटबाट दायाँ बायाँ कतै नलागी सिँधै जानुस् र जहाँनेर बाटो टुंगिन्छ त्याहाँबाट बायाँ मोडिनुस् । अब तपाई प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयको बीचबाट हिँडिरहनु भएको छ । केही कदम अघि बढी सकेपछि दायाँतर्फ जाने एउटा बाटो आउँछ(अर्थ, परराष्ट्र यहीबाट जान्छ) मात्र दश पाइला अघि बढ्नुहोस् र टक्क रोकिनुहोस् ।

अब तपाई परिसरभित्रको शक्तिशाली मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(दायाँतर्फ) र उर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय(बायाँतर्फ)को बीचमा हुनुहुन्छ । नझुक्किनुस् बायाँतर्फको कार्यालयमा अरु दुइवटा कार्यालयको बोर्ड पनि छन् एउटा युवा तथा खेलकुद मन्त्रालय र अर्को जल तथा उर्जा आयोगको सचिवालय ।

अब धेरै नसोच्नुहोस् कुन कुन कार्यालय भित्रको अवस्था के छ त्यो त अर्को पटक कुरा गरौंला तर आज बाहिरबाटै हेर्दा जे देखिन्छ त्यसलाई मनन् गर्नुहोस् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय/युवा तथा खेलकुद मन्त्रालय/जल तथा उर्जा आयोगको सचिवालयको कार्यालयसमेत रहेको कार्यालय बीच छ सातवटा तस्विरमा देखिएका सातै अन्तर

पहिलो अन्तर

दोस्रो अन्तर

तेस्रो अन्तर

चौथो अन्तर

पाँचौं अन्तर

छैटौं अन्तर

यो अहिले मात्र यस्तो होइन, मन्त्रालय मर्ज हुनु भन्दा पहिल्यै देखिको रोग हो । जुन मर्ज भएपछि पनि रोकिएन ।

सातौं अन्तर

Tags :
प्रतिक्रिया दिनुहोस