लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


१९ बैशाख २०७५, बुधबार


वस्तुगत प्रश्नोत्तर

१.केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ?
–१ हजार ४ डलर
( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख ट हजार रुपियाँ (डलरसँगको विनिमय दर १०५.५ अनुसार) पुगेको छ । गत वर्ष यो आम्दानी ८६६ अमेरिकी डलर थियो । कुल राििष्ट्रय आयअनुसार भने प्रतिव्यत्तिलआय १ हजार १२ डलर पुगेको छ । त्यस्तै विभिन्न बाह्य देशहरुबाट भएको आम्दानीसमेत जोड्दा प्रतिव्यक्ति आय १२ सय ९४ डलर पुगेको छ । जुन गत वर्ष ११५६ डलर थियो ।)

२. केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ?
–५.८९ प्रतिशत

३. सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ?
–चार  (उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित शहरीकरण बढ्दै गएको भन्दै नयाँ शहर निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।)

४. संयुक्त राष्ट्र सङ्घीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ?

सन् २०१८ अप्रिल २३

(सो समितिमा नेपाल पहिलोपट अध्यक्षका रुपमा निर्वाचित (सन् २०१८ का लागि) भएको ।)

५. भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसनद्धारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटायल एक्ट्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ?

–मनिषा कोइराला

( सन् १९९१ म बलिउडमा प्रवेश गरेकी मनिषले पाँच दर्जनभन्दा बढी फिल्ममा अभिनय गर्नुभएको छ । )

६. वि.सं. २०७५ वैशाख १७ मा कतिऔँ बुद्धजयन्ती मनाइयो ?
–२५६२ औँ

७. वि.सं. २०७५ वैशाख १५र १६ मा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले कतिबुँदे घोषणापत्र जारी ग–यो ?

–१० बुँदे

(विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्व अन्त्यका लागि सम्बोधन गर्न आह्वान गर्दै सम्मेलनले दिगो विश्व शान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गरी अन्तरआस्था, सहयोग र सदाचारलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्नमा जोड दिएकको छ ।)

८.आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ?
–राउटे

९. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

–सन्१९६१ मे २८

(बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गरेका यो संस्था प्रधान कार्यालय बेलायतको लन्डनमा छ । यस सङ्गठनले सन् १९७७ मा नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो । मानव अधिकारको संरक्षणलाई प्रौत्साहित गरी राजनितिक बन्दीहरुको सहायता गर्ने उदेश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाख भन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।)

१०.नेपालमा हाल पर्वतारोहणका लगि खुला गरिएका हिमशिखरहरुको सङ्ख्या कति रहेको छ ?
–४१४

विषयगत प्रश्नोत्तर

 

१. भन्सार प्रज्ञापनपत्र भनेको केहो ? लेख्नुहोस् ।
भन्सार निकासी पैठारी कर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा मालवस्तुको विवरण घोषणा गर्न प्रयोग गर्ने फारामलाई प्रज्ञापनपत्र भनिन्छ । नेपालमा भन्सार ऐन,२०६४ अनुसार निकासी पैठारी हुने मालवस्तुको भन्सार मुल्याङ्कन कारोबार मुल्यको आधारमा हुने र निकासी पैठारीकर्ता स्वयंले वा निजको प्रतिनिधिले प्रज्ञापनपत्रमार्फत मालवस्तुको मूल्य प्रमाणिकरण गर्ने विवरण तथा कागजात संलग्न गरी भन्सार अधिकृत समक्ष पेस गर्नु पर्ने व्यवस्था छ । निकासी पैठारीकर्ताले घोषणा गरेको कारोबार मुल्यको आधारमा मालवस्तु जाँचपास गर्ने व्यवस्था छ । प्रज्ञापनपत्रलाई कम्प्युटर सर्भरमा दर्ता गर्नु पर्छ । यसरी दर्ता भएका प्रज्ञापनपत्रलाई भन्सार जाँचपास गर्ने प्रयोजनका लागि भौतिक परीक्षण गरी जाँचपास गर्न रातोमार्ग, कागजात मात्र जाँच गरी जाँचपास गर्न पहेँलो मार्ग, जाँचपास पछिको परीक्षण गर्ने गरी जाँचपास गर्न नीलो मार्ग र यी कुनै पनि प्रक्रिया अवलम्बन नगरी घोषणाकै आधारमा जाँचपास गर्न हरियो मार्गमा विभाजन गर्ने व्यवस्था छ । त्यसैगरी कुनै व्यक्तिले निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा यात्रुले निजी गुन्टा, झिटी भारी आदेशअन्तर्गत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयको यात्रु शाखामा संक्षिप्त विवरण भरी फाराम पेश गर्नुपर्छ । यस फरामलाई संक्षिप्त प्रज्ञापन पत्र भनिन्छ । यस प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु पाँच हजारसम्म मूल्य भएका मालवस्तु पैठारी गर्न सकिने व्यवस्था छ ।

२.नेपालको जिल्ला अदालतमा न्यायाधिशको पद के कसरी पूर्ति गरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा १४५ ले जिल्ला अदालता न्यायाधिशको नियुक्ति न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिशबाट हुने व्यवस्था गरेको छ । संविधानले नेपालको जिल्ला अदालतमा रिक्त न्यायाधिशको पद देहायबमोजिम पूर्ति गरिने व्यवस्था गरेको छ :

(क) रिक्त पद मध्ये बीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीनवर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्याङ्नको आधारमा,
(ख) रिक्त पद मध्ये चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्धितिय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतियोगितात्मक परीक्षाको आधारमा,
(ग) रिक्त पदमध्ये बाँकी चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रुपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा, उपराक्त योग्यता भएा व्यक्ति मध्येबाट सङ्घीय कानुनबमोजिम न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधिशमा नियुत्तिका लागि न्यायपरिषदलाई सिफारिस गर्ने व्यवस्था छ ।

३. निजीकरण भनेको केहो ? लेख्नुहोस् ।
सरकारी स्वामित्व तथा नियन्त्रणमा रहेका सार्वजनिक संस्सथान एवं उद्यमलाई निजी क्षेत्रमा हस्तान्तरण गर्ने कार्यलाई निजीकरण भनिन्छ । यो आर्थिक उदारीकरणको महत्वपूर्ण पाटो हो । यो आर्थिक क्षेत्रको सुधार पनि हो । नेपालमा सरकारी लगानीबाट सञ्चालित उद्योग, व्यवसायहरुको दक्षतामा वृद्धि गरी उत्पादकत्व बढाउन तथा संस्थाबाट सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार क मगर्न आर्थिक उदारीकरणका नीतिअनुरुप निजीकरण ऐन, २०५० लागू गरिएको छ । अर्थमन्त्री वा राज्यमन्त्रीो अध्यक्षतामा निजीकरण समिति गठन गरिएको छ । एकातर्फ संस्थान निजीकरण कार्य प्रभावकारी हुन सकेको छैन भने अर्कोतर्फ निजीकृत संस्थानहरुले रोजगारी दिन सकेका छैनन् । सरकारी स्वामित्व तथा नियन्त्रणमाहाल रहेका सार्वजनिक संस्थानको सञ्चालन, निजीकरण तथा विघटन सम्बन्धमा आमराजनीतिक मतैक्यता हुन सकेको छैन, विगतमा सरकार अस्थिर भयो, राजनीतिक दल तथा सरकारपिच्छे यसमा फरक फरक नीति तथा कार्यक्रम अवलम्बन गरियो । एउटा सरकारले सार्वजनिक संस्थान निजीकरण गर्ने, खारेज गर्ने तथा विघटन गर्ने नीति लिए भने अर्को सरकारले सार्वजनिक संस्थानमा लगानी गर्ने बन्द रहेका उद्योग सञ्चाmन गर्ने नीति लिए, जसले गर्दा सार्वजनिक संस्थान निजीकरण गर्ने ार्य प्रभावकारी हुन सकेको छनै ।

४. कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणलीले के – कसरी सहयोग गर्दछ ? लेख्नुहोस् ।
कार्यालयको उदेश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने, समन्वय गर्ने,सङ्गठन गर्ने,नियन्त्रण गर्ने , स्रोतसाधनको परिचालन गर्ने गर्छ । कार्यालयले गर्ने उपराक्त सबै कार्य कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस कार्यमा सूचना र तथ्याङ्कको आवस्यकता पर्छ । त्यही सूचना र तथ्याङ्कको संकलन, प्रशोधन, उत्पादन उवं भण्डारणको कार्य गरेर कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले सहयोग गर्छ । कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीले निम्नानुसारका कार्य गरेर सहयोग गर्छ :

-कार्यालयको नीति निर्माण, योजना तर्जुमा,एवं निर्णय गर्नका लागि भर पर्दो सूचना उपलब्ध गराएर,
-कार्यालयको कामकारबाहीलाई पारदर्शी एवं आवश्यकता अनुसार गोपनीयता कायम गरेर,
-अभिलेख कार्यलाई थप व्यवस्थित बनाएर,
-भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजात सुरक्षित राखेर,
-आवश्यक परेको समयमा प्रमाणको रुपमा सजिलै प्राप्त गरी समय, श्रम र स्रोतसाधनको बचत गराएर,
-नयाँ पुराना सबै कर्मचारीलाई काई गर्न सजिलो बनाएर,
-कार्यालयको कुशल व्यवस्थापन गर्ने कार्यमा मद्दत गरेर,
-कार्यालयको समग्र प्रगति प्रतिवेदन बनाउने कार्यलाई व्यवस्थित गरेर,
-कार्यालयको काम कारबाहीलाई छिटोछरितो बनाएर,
-सेवा प्रवाहमा गुणस्तर बढाएर,
-परम्परागत कार्यालयलाई आधुनिक कार्यालयमा रुपान्तरण गरेर ।

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् :

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस