गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


Gajal

हाँसको बथानमा बकुल्ला, हाँस हुँदैन
बकुल्ला बकुल्ला हुन्छ बदमास हुँदैन

विन्ती छ नदाँजमलाई ए जूनहरु हो !
तिम्रो जस्तो यो दिलमा, खग्रास हुँदैन

खेल खेलै हो त्यहाँपनिजीतहार हुन्छ
अरु जस्तो इज्जतदार जुवातास हँुदैन

भलै मालिक नहोला धन दौलत नहोला
जनता जनता नै हो कसैको दास हुँदैन

आत्मा उडेर जान्छ र देह खरानी बन्छ
त्यो शक्तिहो परिवर्तन हुन्छ नाश हुँदैन

चरीको घर पनिहुँदैनकुनै भर पनिहुँदैन
त्यसैले त उसकोे एक ठाउँमा बाँस हुँदैन

जुन चीज आफ्नो हुँदैन उसैको रहर हुन्छ
त्यसैले त कहिल्यै पनि आसपास हुँदैन

बाँचुञ्जेल तेरो मेरो भन्छौं लोभी पापी
कफनमा लास हुन्छ आफ्नै सास हुँदैन

प्रतिक्रिया दिनुहोस