टेलिकमको सेवाप्रति प्रधानमन्त्रीको असन्तुष्टि, अप्टिकल फाइबरको काम रोक्न निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टेलिकमको सेवाप्रति प्रधानमन्त्रीको असन्तुष्टि, अप्टिकल फाइबरको काम रोक्न निर्देशन


१४ बैशाख २०७५, शुक्रबार


Nepal Telecom

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवा प्रवाहप्रति असन्तुष्टि जनाएका छन् ।

टेलिकम भित्र मुसा र मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुखद भएको बताउँदै प्रधानमन्त्री ओलीले गुणस्तरमा ध्यान दिन सजग गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीद्वारा प्रस्तुत प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले जनताले स्तरीय सेवा पाउनुपर्ने बताए ।

मन्त्रिपरिषद बैठक लगत्तै सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा र टेलिकमका अधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले जनस्तरबाट ब्यापक गुनासो आएको आफुले सुनेको र कर्मचारीहरुको समय तालिका मिलाएर २४ घण्टा कर्मचारी खटाउन समेत भनेका भनेका छन् ।

प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाउँदै त्यसलाई रोक्न निर्देशन दिएका छन् । ‘त्यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस्, थप बुझेपछि कसरी अगाडि बढ्ने त्यसपछि छलफल गरौंला ।’

Tags :
प्रतिक्रिया दिनुहोस