क्यान्सरपीडितलाई बेलायतबाट सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्यान्सरपीडितलाई बेलायतबाट सहयोग


१३ बैशाख २०७५, बिहिबार


तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारास्थित फेउगीका क्यान्सरपीडित भीमकुमार लिम्बूलाई बेलायतबाट उपचारका लागि सहयोग रकम उपलब्ध भएको छ ।

पीडित लिम्बूलाई शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश पाक्साँवाले एक लाख १७ हजार सहयोग रकम हस्तान्तरण गरे ।

बेलायतमा कार्यरत प्रवासी नेपालीहरुले पीडित लिम्बूको उपचारका लागि सहयोग अभियान सञ्चालन गरी सहयोग रकम उपलब्ध गराएको अभियन्ता शेरबहादुर कुरुम्भाङले बताए। अनुहारमा क्यान्सर भएका लिम्बूको आर्थिक अभावका कारण उपचारमा समस्या रहेको परिवारले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस