आगलागीबाट बीस लाखको क्षति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगलागीबाट बीस लाखको क्षति


१० बैशाख २०७५, सोमबार


राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हुँदा करीब २० लाखको क्षति भएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका–१ बस्ने सुरेन्द्र चौधरीको घरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट करीब  १७ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्याल, सप्तरीले जनाएको छ ।

यस्तै विष्णुपुर गाउँपालिका–३ मा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । स्थानीय सीताराम मण्डलको आँगनमा थ्रेसरबाट गहुँ दाउने क्रममा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएको छ । रासस

प्रतिक्रिया दिनुहोस