कर्मचारीले आवासदेखि खाजासम्म मागेपछि…. « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीले आवासदेखि खाजासम्म मागेपछि….


१० बैशाख २०७५, सोमबार


पोखरा । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती समिति प्रदेश ४ ले आवासदेखि खाजासम्मको माग गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १५ बुदे मागपत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा निजामती कर्मचारी अस्पताल निर्माण, निजामती कर्मचारीका बालबच्चा पढाउन निजामती विद्यालय, सबै स्थानीय तहमा कर्मचारी आवास, सञ्चयकोषको बोनस कोषका कर्मचारी र सञ्चयकर्तालाई समान हुनुपर्ने लगायतका माग समावेस छन् ।

संगठनले महिला कर्मचारीका लागि स्तनपान कक्ष, १८० दिन भन्दा बढी काम गरेपछि बिदाको रकम दिनुपर्ने, निर्वाचनमा मताधिकारको ब्यवस्था हुनुपर्ने, राष्ट्र बैंकका कर्मचारीसरह सुविधा हुनुपर्ने, लामो समयसम्म बढुवा नभएका कर्मचारीलाई मानार्थ उपल्लो श्रेणीमा बढुवा हुने अवसर प्रदान गर्नुपर्ने माग लगाएतका माग पनि राखिएको छ ।

करारमा रहेका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, निजामती सेवा ऐन बमोजिम अवकास योजना अविलम्व लागू गर्नुपर्ने माग ज्ञापनपत्रमा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस