प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो


१० बैशाख २०७५, सोमबार


काठमाडौं । नेपालीको कूल ऋण दुई हजार ११४ ले बढ्न गएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋण दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३/७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ ।

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व २४ हजार २७६ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस