५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ


प्रशासन विशेष ब्युरो

१० बैशाख २०७५, सोमबार


घुस

महोत्तरी । राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बैंकको बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

एक गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिएवाफत ५ प्रतिशतका हिसावले घुस रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस