पच्चिस लाखको अक्षयकोष स्थापना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पच्चिस लाखको अक्षयकोष स्थापना


१० बैशाख २०७५, सोमबार


म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दी भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयवासीको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।

स्थानीयवासी, प्रवासी, युवा क्लब, आमा समूहको पहलमा स्थापित कोषमा दाताबाट थप सहयोग प्राप्त हुने क्रम जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजाले बताए । आधारभूत तहका चार र बालशिक्षा सहयोगी कार्यकर्तासहित १–५ तहका चारजना शिक्षकमध्ये तीनजनाले उपल्लो तहमा अध्यापन गराउँछन् । कक्षा ८ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करीब १०० जना विद्यार्थी अध्ययनरत छन् ।

गाउँ, देशका विभिन्न शहरमा बसोबास गर्ने र रोजगार, पेशा, व्यवसाय, अध्ययनका लागि प्रवासमा रहेका राम्चेवासीले विवाह, जन्मदिनको अवसरका साथै आफन्तको स्मृतिमा विद्यालयको अक्षयकोषका लागि सहयोग गर्दैआएका गर्बुजाले बताए । रासस

प्रतिक्रिया दिनुहोस