आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण


१० बैशाख २०७५, सोमबार


बाँके । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ ।

निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ ।

दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको छ ।

निकुञ्जमा आगलागी हुन नदिन स्थानीयवासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको निकुञ्जका सहायक संरक्षक अधिकृत लालबहादुर भण्डारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस