कम्पनी रजिस्टारको कार्यालय नै गायब ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कम्पनी रजिस्टारको कार्यालय नै गायब !


प्रशासन विशेष ब्युरो

१० बैशाख २०७५, सोमबार


काठमाडौं । आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको छ ।

व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको शाखा कार्यालय गायब भएको हो ।

निषाधले वीरगञ्जको पानी ट्यांकीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरेको कम्पनी रजिष्टारको कार्यालयमा अहिले न त सेवाग्राही नै गएका छन् न कर्मचारी नै छन् ।

कार्यालय स्थापना भएपछि वीरगञ्जका व्यवसायीहरु कम्पनी दर्ताका लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भन्दै खुसी भए पनि अहिले घरेलु तथा साना उद्योगका कर्मचारीलाई नै यसको कुनै जानकारी छैन । यो खबर आजको कारोबार दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस