प्रमुख माथिको आक्रमण पछि स्थानीय तहको काम ठप्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रमुख माथिको आक्रमण पछि स्थानीय तहको काम ठप्प


९ बैशाख २०७५, आइतबार


भक्तपुर । मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै जिल्लाका तीन ओटा नगरपालिकाले काम ठप्प पारेका छन् । मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै काम ठप्प पारेका जनाएका हुन् ।

विज्ञप्तिमा प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरिएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले तीनवटै नगरपालिकाले आक्रमणको विरोध गर्दै कामकाज ठप्प पार्ने निर्णयअनुसार दिनभर काम बन्द गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकाले आक्रमणकारीलाई कारबाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र नगरप्रमुखको सुरक्षाको व्यवस्था गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस